कोरोना कहरले ठूलो संख्या बेरोजगार बन्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १८, २०७७
|
|
२१ पटक हेरिएको
Shares
कोरोना कहरले ठूलो संख्या बेरोजगार बन्दै

सारांश

  • कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन्।
  • अधिकांश त आउन नपाएर उतै रोकिएका छन्।
  • स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली धमाधम फर्किरहेका छन्। अधिकांश त आउन नपाएर उतै रोकिएका छन्। स्वदेशमै पनि रोजगारी गुमाउनेको संख्या बढ्दो छ। स्वदेश होस् या विदेश, रोजगारी गुमाउने जनशक्ति भनेको युवा नै हो।

सहुलियत कर्जामा सहजीकरण गरे वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक कृषिमा लाग्ने श्रमविज्ञ तथा पूर्वसचिव पूर्णचन्द्र भट्टराई बताउँछन्। कृषि, पर्यटन र उद्योगमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको ठम्याइ छ। ‘उद्योगलगायत प्राविधिक क्षेत्रमा विदेशी कामदार छन्’, पूर्वसचिव भट्टराई भन्छन्, ‘त्यस्ता ठाउँमा नेपालीलाई सीप सिकाएर विदेशी कामदार विस्थापन गर्न सकिन्छ।’

उनका अनुसार कृषिमा ठूलो रोजगारी सम्भावना भने छैन। तर, नयाँ प्रविधिबाट रोजगारीमा आउन सक्ने सम्भावना छ। पर्यटनमा यो वर्ष तालिम दिएर अर्को वर्ष पूर्वाधारलगायतमा रोजगारी दिलाउन सकिने उनी बताउँछन्। मझौला तथा घरेलु उद्योग क्षेत्रमा पनि पर्याप्त रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।

‘वित्तीय प्याकेजमा सहयोग गरे रोजगारी पुनःस्थापित हुन्छ’, उनी भन्छन्। उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अल्पकालीन रोजगारी भए पनि यसबाट बेरोजगार भने हुँदैनन्। रोजीरोटीका लागि भारत जानुपर्ने बाध्यता टर्न सहयोग पुग्ने उनको ठम्याइ छ।

चालू बजेटमा करिब १० लाखलाई रोजगारी दिने उल्लेख छ। कोरोनाका कारण बेरोजगारको संख्या बढ्दै जाँदा सरकारले त्यसलाई सम्बोधन गर्ने खाका भने ल्याउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवालाई सक्षम बनाउँदै स्वदेशमै रोजगारी दिने घोषणा गरे। बेरोजगारी समस्या हल हुने गरी रोजगारीका कार्यक्रम ल्याउने तयारी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

नेपालको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ७ लाख युवा छन्। स्वदेशमा रोजगारी नपाएका २६ लाखभन्दा बढी युवा विदेशमा पसिना बगाइरहेका छन्। बर्सेनि ५ लाखभन्दा बढी युवा श्रमबजारमा आउँछन्। तीमध्ये ५० हजारले पनि स्वदेशमा रोजगारी पाउन सकेका छैनन्। साढे ४ लाख जनशक्ति विदेश पलायन हुन्छ। १.५ प्रतिशत मात्रै दक्ष जनशक्तिका रूपमा बाहिरिन्छन्। ७४।५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्ध रहेको पाइएको छ। त्यसमाथि कोरोनाले वैदेशिक रोजगारी खुम्चिने देखिएको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
आलेख : मन्दिर बने पनि कङ्केश्वरी देवी टहरामै !
आलेख : मन्दिर बने पनि कङ्केश्वरी देवी टहरामै !
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली, गाउँलेले झाँकीसमेत देखाए
पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली, गाउँलेले झाँकीसमेत देखाए
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल

तपाईंले छुटाउनुभयो कि?