गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
१९ पटक हेरिएको
Shares
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो

सारांश

  • काठमाडौं ।
  • सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच मधेश प्रदेशमा मात्र तालमेल गर्ने सहमति भएको छ ।
  • शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सहमति जुटेको हो ।

काठमाडौं । सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच मधेश प्रदेशमा मात्र तालमेल गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सहमति जुटेको हो ।

सहमतिअनुसार लोसपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट पाएको छ । प्रदेशसभातर्फ १६ सिट पाएको छ । सहमतिपत्रमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ भने रुपन्देही जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ३ (क) लोसपाले पाउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?