प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !

सारांश

  • काठमाडौं, २ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै सक्रियता देखाउन थालेका छन् ।
  • उनलाई अहिले खुला कोठामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै सक्रियता देखाउन थालेका छन् । उनलाई अहिले खुला कोठामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँका लागि छुट्टै बेड राखिएको छ, कुर्चीहरू टाढा राखिएका छन्, छुट्टै विशेष कक्ष बनाइएको छैन,’ सचिवालयका एक सदस्यले भने, ‘उहाँ मास्क लगाएर बस्नुभएको छ, भेट्ने व्यक्तिहरूले पनि टाढैबाट उहाँसँग माक्स लगाएरै कुराकानी गर्छन् ।’

चिकित्सकहरूले कम्तीमा पनि तीन फिट टाढा रहेर मात्र थोरै कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् । तर, मन्त्रिपरिषद् बैठक र पार्टी सचिवालय बैठक बोलाउनुपर्ने अवस्थामा भने चिकित्सकहरूको सुझाबलाई ख्याल गरेर बीचमा सिसा राख्ने कि नराख्नेबारे सचिवालय निर्णयमा पुग्न बाँकी छ । अहिले थोरै मान्छेसँग केहीबेर एक्लाएक्लै भेट्नेबाहेक बैठकै आयोजना गर्ने गरी उनको स्वास्थ्यमा सुधार भइसकेको अवस्था भने नरहेको उच्च स्रोतले जनाएको छ ।

ओलीलाई संक्रमण हुन नदिन धेरै जमघट भएको अवस्थामा शिशा राखेर बस्ने व्यवस्था गरिनेबारे समेत छलफल भएको बुझिएको छ । –दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारकै कारण चिनी भन्सारमा रोकियो ,उपभोक्ता मारमा
सरकारकै कारण चिनी भन्सारमा रोकियो ,उपभोक्ता मारमा
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
नेकपाको फुट जोगाउन प्रचण्ड ओली गम्भीर छलफलमा
नेकपाको फुट जोगाउन प्रचण्ड ओली गम्भीर छलफलमा
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
Mostbet Azərbaycan tətbiqinin icmalı Android APK, iPhone yükləmə A
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)