ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु

सारांश

  • बीबीसी।
  • अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन्।
  • डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ’विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको’ आरोप लगाइन्।

बीबीसी। अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन्।

डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ’विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको’ आरोप लगाइन्।

ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिएका छन्।
पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो।

फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्र्याटहरूको आरोप छ।

सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले ’उनको संवैधानिक जिम्मेवारी’ अवज्ञा गरेको बताइन्।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

घोषणामा उनले छवटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन्।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव गौतम ओली सरकारमा नजाने
वामदेव गौतम ओली सरकारमा नजाने
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन?
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन?
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
आज तपाइँको राशीफलमा यस्तो छ…
आज तपाइँको राशीफलमा यस्तो छ…
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
मानव पुँजी र प्राकृतिक स्रोत नेपालको अर्थतन्त्रका आधार : एडिबी पूर्वअध्यक्ष कुरोदा
प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गर्दै भने : लड्डु खाएछन् के पाउँछन् हेर्नुछ