कोरोना संक्रमणबाट विश्वभरमा १ लाख २६ हजार ६०० को मृत्यु
सारांश
- काठमाडौँ ।
- चीनको वुहान शहरबाट देखिन शुरु भएको कोरोना भाइरस विश्वका २१० देशमा फैलिएको छ ।
- उक्त भाइरसको संक्रमणबाट हालसम्म १ लाख २६ हजार ५ सय ९७ जना संक्रमितको ज्यान गएको छ।
काठमाडौँ । चीनको वुहान शहरबाट देखिन शुरु भएको कोरोना भाइरस विश्वका २१० देशमा फैलिएको छ । उक्त भाइरसको संक्रमणबाट हालसम्म १ लाख २६ हजार ५ सय ९७ जना संक्रमितको ज्यान गएको छ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ हजार ९ सय ७९ संक्रमितले ज्यान गुमाएका छन् । ज्यानगुमाउनेमध्ये सबैभन्दा बढी अमेरिकी रहेका छन् । अमेरिकामा २४ घण्टामा २४ सय ७ जनाको ज्यान गएको छ।
यस्तै कोरोना भाइरसको संक्रमणबाट करिब २० लाख मानिस संक्रमित भएका छन् । यो सामाचार तयार पार्दासम्म विश्वमा १९ लाख ९७ हजार ८ सय ६० जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७४ हजार १२ जना नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमितमध्ये ४ लाख ७८ हजार ४ सय ७९ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । र, ५१ हजार ६ सय १२ जनाको गम्भीर अवस्थामा उपचार भइरसको छ ।
प्रतिक्रिया