सिद्धबाबा कारागार चलान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५८ पटक हेरिएको
Shares
सिद्धबाबा कारागार चलान

सारांश

  • विराटनगर, २० फागुन ।
  • सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।
  • उनी आज अदालतमा हाजिर भएपछि जेल चलान भएका हुन् ।

विराटनगर, २० फागुन । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उनी आज अदालतमा हाजिर भएपछि जेल चलान भएका हुन् ।

सिद्धबाबा उच्च अदालत विराटनगरले र्पुपक्षका लागि थुनामा राख्ने ९ माघको फैसला अगावै वेपत्ता भएका थिए । उनलाई अदालतले ३५ दिनभित्र हाजिर हुन भनेपछि समय बित्न लाग्दा आज अदालत उपस्थित भएका थिए । अदालतमा हाजिर भएपछि उनी कारागार चलान भए ।
सिद्धबाबाले आफू उपचारका लागि गएको जवाफ दिएका थिए । उनको निगरानीका लागि राखिएको सुरक्षाकर्मीलाई छाडेर जोगवनी हुँदै वेपत्ता भएका थिए । उनी वेपत्ता भएकै दिन उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको धरौटीमा रिहा गर्न गरेको फैसला उल्टाउँदै र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अनुयायीमाथि ४ कात्तिकमा सुनसरीको चतरास्थित आश्रममै बलात्कार गरेको अभियोग लगाइएको छ । दुई बालककी आमा ती महिलाले गिरीमाथि आरोप लगाएपछि उनी संकटमा परेका थिए । महिलाले गिरीमाथि गत पौष महिनामा किटानी जाहेरी दिएकी थिइन् ।
बलात्कारको अभियोग लागेका गिरीलाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो। ९ माघमा मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी र्पुपक्षका लागि थुनामा राख्ने फैसला गर्यो ।

सिद्धबाबाले आफूलाई एक महिलाले नियोजित रुपमा फसाउन खोजेको दाबी गर्दै आएका छन् । उनले आफू ब्रम्हचारी भएको र महिलाप्रति उच्च सम्मान गर्ने बताएका छन् । तर, बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबाले आफूमाथि कात्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोप लगाएर सजाय दिलाएरै छाड्ने बताएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही
यी प्रदेशमा वर्षाको सम्भावना
‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
पुनः मतदानको फाइदा रेणु दाहाललाई ….
पुनः मतदानको फाइदा रेणु दाहाललाई ….
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री
काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री