नेपाल आउन लागेका नयाँ अमेरिकी राजदुत को हुन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
४१ पटक हेरिएको
Shares
नेपाल आउन लागेका नयाँ अमेरिकी राजदुत को हुन् ?

सारांश

  • अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ ।
  • अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो ।
  • काठमाडौंस्थित राजदूत ¥याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उनको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो ।

अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो । काठमाडौंस्थित राजदूत ¥याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उनको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो ।

थम्पसन हाल अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मेवारीमा रहेका थम्पसनसँग कूटनीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयको अनुभव छ ।

मलेसियाको अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसन, रोमानियाको अमेरिकी दूतावास, भारतको कोलकातामा कन्सुलर जनरल र श्रीलंकामा आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव थम्पनसँग रहेको छ ।

नेपालमा चीनसँग टकरावको स्थिति बढिरहेको बेला अमेरिकाले सुरक्षा मामिलामा दख्खल राख्ने वरिष्ठ कूटनीतिज्ञलाई काठमाडौं पठाउन लागेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?