भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ५, २०७८
|
|
५३ पटक हेरिएको
Shares
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह १० दिन लामो भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
  • शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
  • पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा भाग लिन भारत गएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह १० दिन लामो भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्वराजा शाह भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा भाग लिन भारत गएका थिए ।

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको थियो । शाहका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ को नारा लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?