कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !

सारांश

  • सप्तरी, सुनसरी र उदयपुरका जनतालाई सहज हवाई सेवा तथा कोसी टप्पु वन्यजन्तु क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विमानस्थल निर्माणको प्रारम्भिक तयारी सुरु गरिएको छ।
  • राजविराज विमानस्थल स्तरोन्नति गरी सञ्चालनको तयारी भइरहेका बेला सप्तरीको सप्तकोसी, सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाको संयुक्त पहलमा नयाँ विमानस्थल निर्माणको तयारी अघि बढेको हो।
  • यो विमानस्थल उदयपुरको जोगीदहस्थित सगरमाथा विमानस्थल निर्माणको विकल्पका रुपमा पनि अघि बढाइएको स्थानीयको बुझाइ छ।

सप्तरी, सुनसरी र उदयपुरका जनतालाई सहज हवाई सेवा तथा कोसी टप्पु वन्यजन्तु क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विमानस्थल निर्माणको प्रारम्भिक तयारी सुरु गरिएको छ।

राजविराज विमानस्थल स्तरोन्नति गरी सञ्चालनको तयारी भइरहेका बेला सप्तरीको सप्तकोसी, सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाको संयुक्त पहलमा नयाँ विमानस्थल निर्माणको तयारी अघि बढेको हो।

यो विमानस्थल उदयपुरको जोगीदहस्थित सगरमाथा विमानस्थल निर्माणको विकल्पका रुपमा पनि अघि बढाइएको स्थानीयको बुझाइ छ।

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रकै खाली जग्गामा विमानस्थल बनाउने तयारी अगाडि बढेको सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले बताए।

तीन वटै स्थानीय तहको मध्य भागमा पर्ने आरक्ष क्षेत्रको करिब ६० हजार बिघा क्षेत्रफलमध्ये खाली जग्गालाई विमानस्थल र क्रिकेट मैदानका लागि प्रयोग गर्न सहमति भएको उनले जानकारी दिएका छन्। ‘तीन वटै नगरपालिकाले कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएका छन्’, गौतमले भने, ‘त्यसको प्रारम्भिक चरणमा विमानस्थल पहिलो प्राथमिकतामा पर्‍यो।’

विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्भाब्यता अध्ययन गरीसकेको र प्राविधिकले प्रतिवेदन बुझाएपछि विस्तृत अध्ययनका लागि अर्को टोली आउने गौतमले बताए।

सगरमाथा विमानस्थल निर्माणका लागि हजारौं हेक्टर वन फँडानी गर्नुपर्ने र चुरे क्षेत्र उजाड हुने सम्भावना बढेपछि त्यसको विकल्पका रुपमा कोसीटप्पु वन्यजन्तु क्षेत्रलाई हेरिएको बतार्इएकाे छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    अन्त पाएनछन् 😀

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?