राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
सारांश
- काठमाडौं, ६ पुस ।
- नेपाली कांग्रेसका नेता डा.
- प्रकाशशरण महतले राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्न नहुने बताएका छन् ।
काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्न नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने महतले बताए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महतले भने, ‘राष्ट्रपतिले अध्यादेश रोक्न मिल्दैन, हामी त भन्दैछौं कि राष्ट्रपति विवादमा आउनुहुँदैन्, उहाँले तत्काल विद्येयक स्विकृत गर्नुपर्छ, हामी बडो विनम्रसँग अनुरोध गर्दैछौं ।’
उक्त अध्यादेश तत्काल स्विकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै महतले चिन्ता व्यक्त गरे ।
निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने, ‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दैहुनुहुन्छ, यो अहंकार हो ।’
स्थानीय तहको परिणाम आईसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको गर्यो भनेर आरोप लगाउनु नै गलत भएको उनको तर्क थियो । उनले थपे, ‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्विकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो ।’
महतले हिजो सरकारले अध्यादेश पेश गर्दा ताका दलहरुवीच सहमति खोज्नुहोस् भनेर किन नभनेको भन्दै प्रश्न समेत उठाए ।
उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ ?’
उनले राष्ट्रपतिले जित उक्त अध्यादेश रोक्यो उति नै मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए । महतले थपे, ‘यो अध्यादेश लैजाँदै गर्दा माओवादी केन्द्र जो अहिलेपनि सरकारमै छ, उहाँहरुको असहमति थिएन्, यसबारेमा माओवादी केन्द्रको नेतृत्वले स्पष्ट दृष्टिकोण दिनुपर्छ ।’
उनले वाम गठबन्धनले ५ वर्ष होईन ५० वर्ष शासन गर्छु भनेको उल्लेख गर्दै भने, ‘सक्नेसम्म चलाए हुन्छ, उहाँहरुले ५० वर्ष त के ? पाँच वर्षपनि चलाउन सक्दैनन्, कांग्रेस कुनै दलभन्दा कमजोर छैन ।’
प्रतिक्रिया