महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
५९ पटक हेरिएको
Shares
महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद

सारांश

  • काठमाडौं १२ पुस ।
  • राजपामा चक्रीय प्रणालीअन्तर्गत राजेन्द्र महतो अध्यक्ष भएपछि पार्टीभित्र विवाद चर्केको छ ।
  • अध्यक्षमण्डलका ६ सदस्यमध्ये अनिल झाले केन्द्रीय समितिको बुधबारको बैठक नै बहिष्कार गरेका छन् ।

काठमाडौं १२ पुस । राजपामा चक्रीय प्रणालीअन्तर्गत राजेन्द्र महतो अध्यक्ष भएपछि पार्टीभित्र विवाद चर्केको छ । अध्यक्षमण्डलका ६ सदस्यमध्ये अनिल झाले केन्द्रीय समितिको बुधबारको बैठक नै बहिष्कार गरेका छन् ।

बैठक सुरु हुने बेलासम्म उनी पार्टी कार्यालयमै थिए । झानिकट एक नेताका अनुसार कार्यालयको आफ्नै कोठामा बसेर पार्टीका विषयमा छलफल गरे पनि उनी बैठकमा गएनन् । मंसिर ४ मा बसेको बैठकले अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरबाट पार्टी नेतृत्व महतोलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि झाले फरक मत लेखेका थिए ।

बुधबारको राजपा बैठकले पार्टीको साधारण र सक्रिय सदस्यता वितरण अवधि बढाएको छ । यसअघि मंसिर मसान्तसम्मलाई तोकिएको म्याद माघ १५ सम्म पुर्‍याइएको हो । महाधिवेशन तयारीका लागि पुस १८ मा जिल्ला र पुस २५ मा वडास्तरीय विस्तारित बैठक बस्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
तिवारी हत्या काण्डका हत्यारा र हत्याका कारण पर्दाफास
तिवारी हत्या काण्डका हत्यारा र हत्याका कारण पर्दाफास
कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ : डा. खनाल
कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ : डा. खनाल
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
राजनीतिक द्वन्द्वको घानमा संसद्
राजनीतिक द्वन्द्वको घानमा संसद्
ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !
ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !