सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्

सारांश

  • मुम्बइ।
  • बलिउडमा यो वर्ष लञ्च हुने स्टारकिडको सूचीमा आमिर खानका छोरा जुनैद खानको नाम पनि समावेश हुन्थ्यो तर उनका ‘मिस्टर परफेक्सनिष्ट’ पिताको उच्च मापदण्डमा खरो उत्रन नसकेका कारण यो मौकाबाट उनी चुकेका छन् ।
  • आमिरका नजिककाले ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक ‘लाल सिंह चड्डा’ बाट जुनैदलाई लञ्च गर्ने जानकारी दिएका थिए ।

मुम्बइ। बलिउडमा यो वर्ष लञ्च हुने स्टारकिडको सूचीमा आमिर खानका छोरा जुनैद खानको नाम पनि समावेश हुन्थ्यो तर उनका ‘मिस्टर परफेक्सनिष्ट’ पिताको उच्च मापदण्डमा खरो उत्रन नसकेका कारण यो मौकाबाट उनी चुकेका छन् ।

आमिरका नजिककाले ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक ‘लाल सिंह चड्डा’ बाट जुनैदलाई लञ्च गर्ने जानकारी दिएका थिए । यसका लागि जुनैदलाई केही तालिम पनि दिइएको थियो । उनीमाथि केही दृश्य छायांकन पनि गरियो तर उनको प्रस्तुतीले उनको बुवा प्रभावित एवं सन्तुष्ट भएनन् ।

भारतीय मिडियाले आमिरका नजिकका व्यक्तिको बयान उद्धृत गर्दै भनेको छ, ‘पिल्ममा टम ह्यांक्सको रोललाई लाल सिंह चड्ढाका नायकको रुपमा जुनैदले राम्रो प्रस्तुत दिन नसक्ने आमिरले निष्कर्ष निकाले त्यसकारण उनले आफैं फिल्मको कमान सम्हाल्ने निर्णय गरे । उक्त भूमिका आमिर आफैंले निभाउनेछन् । ’

आमिरका छोरा जुनैदले अमेरिकी एकेडेमी अफ ड्रामा आर्टबाट थिएटरको पढाई रेका छन् । उनले अभिनयबारे पनि पढेका छन् । ‘पीके’ मा निर्देशकलाई सहयोग गरेका उनले एकवर्षदेखि लगातार थिएटरमा भाग लिइरहेका छन् र‘रुबरु रोशनी’ को प्रामोशनसँग पनि जोडिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?