विनोद चौधरीद्वारा कोरोना संक्रमित केसी र थापाको स्वास्थ्यलाभको कामना
सारांश
- काठमाडौं, १८ असोज ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले कोरोना संक्रमण भएका कांग्रेस नेताहरु अर्जुननरसिंह केसी र गगन कुमार थापाको स्वास्थ्यलाभको कामना गरेका छन् ।
- सामाजिक सञ्जाल ट्विटरमार्फत चौधरीले दुवै नेताको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले कोरोना संक्रमण भएका कांग्रेस नेताहरु अर्जुननरसिंह केसी र गगन कुमार थापाको स्वास्थ्यलाभको कामना गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत चौधरीले दुवै नेताको स्वास्थ्यलाभको कामना गरेका हुन् । उनले केसी र थापाको नाम मेन्शन गर्दै स्वास्थ्यलाभको कामना गरेका हुन् । चौधरीले नेता केसीलाई कोरोना संक्रमण भएको खबर सुनेर दुःख लागेको पनि उल्लेख गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया