च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित

सारांश

  • एजेन्सी ।
  • युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब चेल्सीले जित निकालेको छ ।
  • बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले हराएको छ ।

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब चेल्सीले जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले हराएको छ ।

लिलीको मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम र विलियनले एक एक गोल गरे । लिलीका भिक्टर ओसिम्हेनले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको २२ औं मिनेटमा अब्राहमको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ३३ औं मिनेटमा भिक्टरले गोल गर्दै लिलीलाई खेलमा फर्काए ।

तर, खेलको ७८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै समूह एच को चेल्सीले २ खेलमा ३ अंक जोडेको छ । चेल्सीको यो पहिलो जित हो । चेल्सी तालिकाको दोस्रो स्थानमा छ । पराजित लिली अंक विहीन रहदै पुछारमा रहेको छ । यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष स्थानमा रहदा ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?