क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी

सारांश

  • क्यानाडा, २१ बैशाख ।
  • क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलाका लागि नेपाल पर्यटन बोर्डले भव्य तयारी गरिरहेको छ ।
  • क्यानाडामा हुने बहुसाँस्कृतिक मेलामा नेपाललाई प्रतिनिधित्व गर्दै विगत ३ बर्षदेखि नेपाल पर्यटन बोर्डले सो कार्यक्रममा भाग लिदै आएको छ ।

क्यानाडा, २१ बैशाख । क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलाका लागि नेपाल पर्यटन बोर्डले भव्य तयारी गरिरहेको छ । क्यानाडामा हुने बहुसाँस्कृतिक मेलामा नेपाललाई प्रतिनिधित्व गर्दै विगत ३ बर्षदेखि नेपाल पर्यटन बोर्डले सो कार्यक्रममा भाग लिदै आएको छ ।

यो बर्ष पनि उक्त मेलालाई भव्यरुपमा सफल बनाउनका लागि तयारी गरिरहेको छ । नेपालसहित ७५ देशको कला, सँस्कृति र विभिन्न परिकारहरुको प्रदर्शन हुने उक्त मेलाका लागि नेपाल पर्यटन बोर्ड, विभिन्न संघसस्था, उद्योगी, व्यापारी, व्यवसायी, सञ्चारमाध्यम, पत्रकार तथा व्यक्ति विशेषहरुको तर्फबाट विशेष सहयोग भइरहेको पर्यटन दूत एनबी टण्डनले बताए ।

मेलाको स्टलका लागि सहयोग गर्नेहरुमा ब्राम्टनस्थित चावला रेस्टोरेण्टका प्रोप्राइटर नाम भुसाल र ब्राम्टनस्थित नेपाली क्यानेडियन महिला समूहले विभिन्न नेपाली परिकारहरुको व्यवस्था गर्ने भएका छन् । त्यस्तै, क्यानाडाका लागि साँस्कृतिक दूत पूर्ण नेपाली, NRNA र TPN का सदस्य आशीर्वाद सुवेदी र रोशन केसी, प्रचारप्रसारका लागि गैर आवासीय संघ पर्यटन बोर्ड समिति सदस्यद्वय अन्जना भट्टराई र माधव गजुरेल, सञ्चारमाध्यमका लागि गोकर्ण लामिछाने, राजु थापा, नमस्ते रेडियोबाट अनिल थापा, नेपालबाट लक्ष्मी केसी, बेदप्रसाद आचार्यले नेपालबाट यस बहु साँस्कृतिक मेलाको प्रचारप्रसारलाई तीब्र पारेर उल्लेखनीय भूमिका निभाउँदै आएका छन् ।

त्यसैगरी सो मेलाका लागि नेपालको राष्ट्रिय झण्डाको नृत्यमा पूर्णिमा लगायतको टोली, नेपालको हस्तकलाबाट उत्पादित सामग्रीहरुका लागि रीता तिमिल्सिना र सविता उप्रेती, प्याराग्लाङ्डिका लागि गोविन्द पुन, अन्य सामग्रीहरुको लागि श्याम बताजु र सुमन ढकाल तथा नेपालको चिनारी झल्काउने बस्तु सजावटका लागि विभिन्न पर्यटन व्यवसायीहरुले सहयोग गर्न तत्पर रहेका छन् ।

यसपालिको नेपाल प्रवद्र्धन गर्ने कार्यको लागि प्रचारप्रसारमा टोरोन्टोस्थित विभिन्न संघसंस्था, त्यहाँस्थित वाणिज्य दूत, नेपाली राजदूतावास र विभिन्न व्यवसायीहरु पनि नेपाल र नेपालीको पहिचानका लागि जुझारुरुपले लागिपरेको बताइएको छ । जसमा NRNA गैर आवासीय संघका पर्यटन प्रवद्र्धन बोर्डका सदस्यहरुले अनवरत रुपमा आफ्नो तर्फबाट सक्दो महत्वपूर्ण भूमिका निभाइरहेकोले खुशी लागेको पर्यटन दूत एनबि टन्डनले बताए ।

दुर्भाग्यवस नेपालको पहिचान झल्काउने पर्यटन प्रवद्र्धनमा  NRNA क्यानाडाका पदाधिकारीहरुको भने कुनै चासो देखिएको छैन । पर्यटनदूत एनबि टण्डनले आफ्नोतर्फबाट जेजति सहयोग गर्न सकिन्छ, सहयोग गरेर मेलालाई भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?