जापानमा भिड्दै नेपाली कराते खेलाडी, प्रचण्डले गरे विदाइ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ४, २०८१
|
|
२० पटक हेरिएको
Shares
जापानमा भिड्दै नेपाली कराते खेलाडी, प्रचण्डले गरे विदाइ

सारांश

  • पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् ।
  • अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा आयोजित विदाई कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् ।
  • विदाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेलाडीलाई पदक जित्न समेत शुभकामना दिए भने वादोरियो कराते डो संघले भोगिरहेको समस्याको बारेमा आफु जानकार रहेको उल्लेख गर्दै त्यसलाई आफुले गम्भिररुपमा लिएको पनि बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा आयोजित विदाई कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । विदाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेलाडीलाई पदक जित्न समेत शुभकामना दिए भने वादोरियो कराते डो संघले भोगिरहेको समस्याको बारेमा आफु जानकार रहेको उल्लेख गर्दै त्यसलाई आफुले गम्भिररुपमा लिएको पनि बताए । संघको समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने पनि उनले बताए ।

प्रचण्ड निवासमा आयोजित विदाइ कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय अध्यक्ष हरिशरण केसीले वादोरियो डा संघले भोगिरहेको समस्याको बारेमा पुनः जानकारी गराए । करातेको विकासमा राज्यले खासै चासो नदेखाएको गुनासो गर्दै जापानमा हुने यो प्रतियोगिताका लागि पनि आफ्नै नीजि खर्चमा खेलाडी पठाउन लागेको उनको भनाइ छ ।

यही भदौ ८ र ९ गते जापानको टोकियोमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदै छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    businesstrick

    I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जुत्ता बनिसकेको छ, खुट्टा मिलेन भने ताछतुछ गरेर मिलाउनुपर्छ’
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ काठमाडौं महानगरले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)
Himalayan Free Clinic, Virginia
Himalayan Free Clinic, Virginia
साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग
साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन  निर्वाचन आयोगको  निर्देशन
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन
सरिता गिरीले दर्ता गरिन स्वतन्त्र उम्मेदवारी
सरिता गिरीले दर्ता गरिन स्वतन्त्र उम्मेदवारी
जेलभित्र झडप, चार कैदीको मृत्यु
जेलभित्र झडप, चार कैदीको मृत्यु
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै

तपाईंले छुटाउनुभयो कि?