चितुवाको आक्रमणबाट बालकको मृत्यु
सारांश
- काठमाडौं, १६ मंसिर ।
- चितुवाको आक्रमणबाट तनहुँमा गएराति एक बालकको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा १० वर्षीय अमृत गुरूङ रहेका छन् ।
काठमाडौं, १६ मंसिर । चितुवाको आक्रमणबाट तनहुँमा गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय अमृत गुरूङ रहेका छन् ।
बेलुका खाना खाएर बाहिर निस्कने क्रममा चितुवाको आक्रमणमा परेका बालकलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसै महिनामा सोही क्षेत्रमा चितुवाको आक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया