मोटरसाइकल चोरी गर्ने सात पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
मोटरसाइकल चोरी गर्ने सात पक्राउ

सारांश

  • चितवन, कार्तिक १४ ।
  • प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ ।
  • मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन, कार्तिक १४ । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।

चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसँग ’डेटिङ’ गएपछि बर्खास्त
म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी कर्मचारीसँग ’डेटिङ’ गएपछि बर्खास्त
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक
देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक
अनुहारमा बरफ लगाउँदा हुने असरहरु यस्ता छन्
अनुहारमा बरफ लगाउँदा हुने असरहरु यस्ता छन्
आइसिसी नयाँ वरियतामा पारस, सोमपाल र वसन्तको स्थान कति ?
आइसिसी नयाँ वरियतामा पारस, सोमपाल र वसन्तको स्थान कति ?
बागलुङमा निवारण भएन हात्तीपाइले
बागलुङमा निवारण भएन हात्तीपाइले
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव

तपाईंले छुटाउनुभयो कि?