गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’

सारांश

  • काठमाडाै, १३ जेठ ।
  • ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) ले  ‘सनमलाई रुखमा बाँधेर कुटेको भिडियो छैन’ ?
  • भनेर सोधेका छन्।

काठमाडाै, १३ जेठ । ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) ले  ‘सनमलाई रुखमा बाँधेर कुटेको भिडियो छैन’ ?भनेर सोधेका छन्।

आइतबार मोरङ जिल्ला अदालतको इजलासमा सनमलाई यातना दिएको भिडियो देखाएपछि गोरेले इजलासमा न्यायाधीसँग यस्तो प्रश्न गरेका हुन्। उनले इजलासमा देखाएको भिडियो खिच्नेले अरु थुप्रै खिचेको बताएका थिए।

सरकारी वकिलका तर्फबाट आइतबार यातना दिएको भिडियो इजलासमा देखाउँदै त्यस विषयमा आरोपी गोरेसँग बयान लिइएको थियो।

न्यायाधीस नारायणप्रसाद शर्मा र इजलास अधिकृत र सुरक्षाकर्मीमात्र उपस्थित इजलासमा गोरेले यातना दिइएका अरु थुप्रै भिडियो रहेको बताएका थिए।

यससँगै बुधबारदेखि सुरु भएको गोरेको बयान आइतबार सकिएको छ।  गोरेको बयानका लागि सरकारी वकिल कार्यालयमा उपलब्ध सबुत प्रमाणसहित त्यस विषयमा सोधपुछ गरिने प्रश्न इजलासलाई उपलब्ध गराएको बताइएकाे छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Keshab Sapkota

    नेपाली कानुन जन्ताले नजानुन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?