जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल

सारांश

  • विराटनगर ।
  • आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताएका छन् ।
  • प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उनको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ भने ।

विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उनको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ भने ।

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । आगामी माघ ८ गतेभित्रै प्रदेश र संघीय संसद्को निर्वाचन गराउन सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

नेपाल आयल निगमद्वारा खरिद गरिएको जग्गा प्रकरणको सम्बन्धमा बोल्दै उनले कानूनी रुपमा जे जस्तो देखिए पनि व्यावहारिक रुपमा बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएकाले त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा आफूले कडा कारवाही गराएर छाड्ने दृढता व्यक्त गरे ।

दशैं तिहारको समयमा अतिआवश्यक वस्तुको कृतिम अभाव र मूल्य बढ्न नदिन सरकार गम्भीर रहेको प्रसंग उल्लेख गर्दै उनले कृत्रिम अभावलाई नियन्त्रण गर्न कडा अनुगमन गरिने बताए ।

उनले कालोबजारीलाई नियन्त्रण र दण्डित गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। नेशनल टे«डिङ लिमिटेड धराशायी अवस्थामा रहेकाले यसलाई नयाँ रुपमा ढाल्न मन्त्रालयले ठोस कदम चाल्ने मन्त्री मण्डलको भनाइ थियो ।

प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुलीले उनलाई कार्यकालको सफलताको शुभकामना प्रकट गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
हिलिहाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
हिलिहाङमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
अब डिसहाेम सित्तैमा जडान गर्न सकिने
अब डिसहाेम सित्तैमा जडान गर्न सकिने
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
आज दिउँसो र साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना
आज दिउँसो र साँझ काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने सम्भावना
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
देउवाले पैसा खाएर परिवार नियोजन संघ विघटन गरे : अध्यक्ष सिजापति
देउवाले पैसा खाएर परिवार नियोजन संघ विघटन गरे : अध्यक्ष सिजापति

तपाईंले छुटाउनुभयो कि?