वर्षाले ३५ करोडको इँटा क्षति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
वर्षाले ३५ करोडको इँटा क्षति

सारांश

  • विराटनगर, ३० चैत ,केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।
  • वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो ।
  • कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताउनुभयो ।

विराटनगर, ३० चैत ,केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।

वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताउनुभयो ।

आनन्द इँटा उद्योग मोरङका सञ्चालक दिलीप वगडियाले वर्षाका कारण आफ्ना छ वटा इँटा उद्योगमा रु १० करोडभन्दा बढी क्षति पुुगेको बताउनुभयो । सुुनसरी र मोरङमा हाल ५३ वटा इँटा भट्टा सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?