विमानस्थलमै कुटे सांसदले पोइल जान लागेकी श्रीमतीलाई
सारांश
- काठमाडौं ।
- व्यवस्थापिका संसद्का सदस्य विश्वेन्द्र पासवानले आफ्नी कान्छी श्रीमतीलाई विमानस्थलमै कुटपीट गरेको खवर सार्वजनिक भएको छ ।
- पासवानकी कान्छी श्रीमतीले अर्कै केटासँग भाग्न लागेको थाहा भएपछि पासवान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
काठमाडौं । व्यवस्थापिका संसद्का सदस्य विश्वेन्द्र पासवानले आफ्नी कान्छी श्रीमतीलाई विमानस्थलमै कुटपीट गरेको खवर सार्वजनिक भएको छ ।
पासवानकी कान्छी श्रीमतीले अर्कै केटासँग भाग्न लागेको थाहा भएपछि पासवान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलको डोमेस्टीक टर्मिनलमा उनले श्रीमतीमाथि कुटपिट गरेको खबर सार्वजनिक भएको छ ।
पासवानले श्रीमती विमानस्थलमै कुटपिट गरेको भिडियो विमानस्थलको सीसी क्यामेराले कैद नगरेको भने होइन, तर विमानस्थल प्रशासनले उक्त भिडियो सार्वजनिक भने गरेको छैन ।
यद्यपी यस विषयमा विमानस्थल प्रशासन र सांसद् पासवान तथा पिटाइ खाएकी भनिएकी सांसद् पत्नीले समेत हालसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया