खाएर हात धुन निस्केका बालकलाई चितुवाले खायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
खाएर हात धुन निस्केका बालकलाई चितुवाले खायो

सारांश

  • काठमाडौं ।
  • तनहुँ ढल्केवरमा खाना खाएर हात धुन घरको आँगनमा निस्कँदा शनिबार राति चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
  • तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङलाई चितुवाले मारेको हो ।

काठमाडौं । तनहुँ ढल्केवरमा खाना खाएर हात धुन घरको आँगनमा निस्कँदा शनिबार राति चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङलाई चितुवाले मारेको हो ।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो ।

खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले तानेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए । चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा तल खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए ।

(gravityhair.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
टिभी सिरियलमा सबैभन्दा धेरै कमाउने दिव्यांका त्रिपाठी
टिभी सिरियलमा सबैभन्दा धेरै कमाउने दिव्यांका त्रिपाठी
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
वाम गठबन्धनलाई समर्थन गर्दै कोमल ओलीको उम्मेदवारी फिर्ता ।
वाम गठबन्धनलाई समर्थन गर्दै कोमल ओलीको उम्मेदवारी फिर्ता ।
यी प्रदेशमा भारी वर्षा हुँदै, सतर्कता अपनाउन आग्रह
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
तीन तहकाे चुनावबाट काङ्ग्रेसकाे सिद्धन्त विजयी : सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?