खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
४८ पटक हेरिएको
Shares
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

सारांश

  • काभ्रेपलाञ्चोक ।
  • तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ ।
  • तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो ।

काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ ।

तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो । आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चार सय ३५ मिटर, पनौती नपाले चार हजार तीन सय २५ र सडक विभागले सडक विस्तारका क्रममा तीनवटै नगरमा दुई हजार छ सय २६ मिटर पाइपमा क्षति पु–याएको छ ।

क्षतिका कारण आयोजनाको रु एक करोड १६ लाख ३९ हजार ६५ बराबरको नोक्सान भएको हो । निर्माणाधीन आयोजनाको पाइप क्षतिबारे तीन नगरका जनप्रतिनिधिले आलटाल गरेको जनाइएको छ । बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले ती वडामार्फत क्षति पुगेको पाइपबारे थप अनुगमन गरी व्यहोर्न सकिने बताए ।

‘सम्झौताभन्दा कम गुणस्तरको पाइप राखेका कारण पानीको प्रेसर परीक्षण गर्दा धेरै स्थानमा फुटेको पाइएको छ, अन्य स्थानको क्षतिबारे अनुगमन गरी परेमा बेहोर्नु पर्नेछ’, उनले भने । पाँच मुहानबाट पानी संकलन गरिने आयोजनाको तीन सय ३८ किलोमिटरमध्ये हालसम्म दुई सय ९८ किमीमा पाइप बिछ्याइएको छ ।

सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ अर्थात् सात सय ३० दिनमा सक्ने गरी सम्झौता भएको आयोजना करिब ११ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । करिब एक अर्ब लागतको उक्त खानेपानी आयोजनाको २९ प्रतिशत बजेट दिएको एशियाली विकास बैंक (एडिबी) ले आयोजनाबाट हात झिकिसकेको छ ।

तीन वर्षदेखि आयोजनाको काम ९७ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरपालिकाका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती नगरका स्थानीयका घरघरमा २४सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु–याउने जनाइएको थियो ।

परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो । चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ्क ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन नसके पनि आयोजनाको नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने प्रक्रियामा लागिएको छ ।

शाक्यले भने, ‘नयाँ ठेकेदार कम्पनी खोज्नेबारे तीनै नगरपालिकाले छलफल गरेको हो, तर पुरानो निर्माण कम्पनीले आयोजनाको लागत अनुमान दिएको छैन, त्यसका कारण आयोजना कहिलेसम्म सम्पन्न गर्ने भन्नेमा अन्योलता बढेको छ ।’ ठेकेदार कम्पनीलाई १२आँै पटक म्याद थप्दा पनि आलटाल गरी दिइएको समयमा काम नसकेपछि इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने बताए ।
वादेका अनुसार हाल खानेपानी संस्थानको वितरण प्रणालीमा मुख्य लाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थालिनेछ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको ९७ प्रतिशत काम सम्पन्न भएको छ । पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ ।

मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ । तीन नगरका एक हजार एक सय १४ धाराको इन्टर–कनेक्सन गरिएको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
ओली सरकार असफल भयो : बाबुराम भट्टराई
ओली सरकार असफल भयो : बाबुराम भट्टराई
शवको व्यवस्थापन नहुँदा मोदीवेणी दुर्गन्धित
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै
पत्रकार खासोग्जीको हत्याको विरोध
पत्रकार खासोग्जीको हत्याको विरोध
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ
प्रधानमन्त्री दाहालले भने :   छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
प्रधानमन्त्री दाहालले भने : छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
परिवारसहित सात हजार विद्रोहीले गुटा छोडे
परिवारसहित सात हजार विद्रोहीले गुटा छोडे