प्रदेशको राजधानी माग्दै दाङमा भोलि उल्टो शंख बजाउने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रदेशको राजधानी माग्दै दाङमा भोलि उल्टो शंख बजाउने तयारी

सारांश

  • काठमाडौं, ८ माघ ।
  • आमहडताल र बन्द कार्यक्रम फिर्ता गरी दाङमा राजधानीको लागि फरक आन्दोलन हुने भएको छ ।
  • बन्दले सर्वसाधारण नागरिकलाई दुःख भएको महसुस गर्दै बन्द कार्यक्रम फिर्ता गरिएको थियो ।

काठमाडौं, ८ माघ । आमहडताल र बन्द कार्यक्रम फिर्ता गरी दाङमा राजधानीको लागि फरक आन्दोलन हुने भएको छ । बन्दले सर्वसाधारण नागरिकलाई दुःख भएको महसुस गर्दै बन्द कार्यक्रम फिर्ता गरिएको थियो ।

राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिको बैठकले दाङ राजधानी हुनुपर्ने मागसहित विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । जसअनुसार रुपन्देहीलाई प्रदेशको अस्थायी राजधानी बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध माघ ९ गते कालो झण्डा गाडी दिउँसो ठिक ३ बजे जिल्लाका मुख्य शहरहरुमा उल्टो शंख फुक्ने कार्यक्रम तय गरेको छ । त्यसपछि कोणसभा गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, संघर्ष समितिले माघ १० गते राष्ट्रिय सभाका लागि मनोनयन दर्ता गर्न आउने जनप्रतिनिधि तथा नेताहरुको स्वागतार्थ ब्यानर राख्ने र अभिनन्दन गर्दै प्रदेशको मुख्य भागमा पर्ने दाङ देउखुरीलाई स्थायी राजधानी बनाउनका लागि ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । संयोजक एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बसेको बैठकमा संघर्ष समितिका सहसंयोजक नेपाली कांग्रेसका कीर्तिबहादुर खड्का, सचिव माओवादी केन्द्रका जीवन गौतम, सदस्यहरु एमालेका विकिरण गौतम, कांग्रेसका कमानसिंह भारती, शंकर डाँगी, गिरिराज सुवेदी र एमालेका सुरामणि बेल्बासेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Thapaliya Bharat

    नैतिकता को हिसाबले भन्ने हो भने जस्को लास बनाइन्छ त्यसै सङग माग राख्न मिल्दैन ।

    Comment Author

    Tahal Subedi Laduk

    ठिक छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै  सेवा बन्द
विराटनगरमा रहेकाे भारतीय अस्थायी क्याम्पले प्रदान गर्ने सबै सेवा बन्द
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन :सञ्चार मन्त्री
वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)
वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ
फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, कतै तपाइकाे त परेन ?
फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, कतै तपाइकाे त परेन ?
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन :  शेखर कोईराला
काँग्रेसले प्रतिपक्षको भूमीका खेल्नै सकेन : शेखर कोईराला
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन
एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन

तपाईंले छुटाउनुभयो कि?