मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, श्रावण ३, २०८३
|
|
३ पटक हेरिएको
Shares
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग

सारांश

  • मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार आयोजित एक बृहत् ग्रामीण स्वास्थ्य शिविर र सामाजिक अभियानमार्फत रैथाने समुदायका कुल ४७७ जना बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित भएका छन्।
  • ग्रामीण क्षेत्रका विपन्न नागरिकहरूलाई गाउँघरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने मुख्य उद्देश्यका साथ यो कल्याणकारी कार्यक्रम  सम्पन्न गरिएको हो।
  • रोटरी क्लब अफ काठमाडौँ–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्ट तथा शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त सहकार्यमा यो शिविर सञ्चालन गरिएको थियो।

मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार आयोजित एक बृहत् ग्रामीण स्वास्थ्य शिविर र सामाजिक अभियानमार्फत रैथाने समुदायका कुल ४७७ जना बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित भएका छन्। ग्रामीण क्षेत्रका विपन्न नागरिकहरूलाई गाउँघरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने मुख्य उद्देश्यका साथ यो कल्याणकारी कार्यक्रम  सम्पन्न गरिएको हो।

रोटरी क्लब अफ काठमाडौँ–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्ट तथा शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त सहकार्यमा यो शिविर सञ्चालन गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सक टोलीद्वारा बिरामीहरूको दाँतको उपचार, डिजिटल एक्स–रे, आँखा जाँच तथा फिजियोथेरापी जस्ता सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिएका थिए। भौगोलिक विकटताका कारण सामान्य उपचारबाट समेत वञ्चित भएका स्थानीयले आफ्नै पायक पर्ने स्थानमा आधुनिक चिकित्सा सेवा पाएका छन्।

उपचारका साथसाथै मानवीय सहायताका कार्यलाई पनि सँगै अगाडि बढाइएको थियो, जहाँ चिकित्सकहरूले आवश्यकता हेरी बालबालिकाहरूका लागि पोषिलो लिटो, लामखुट्टेबाट बच्न झूल, दन्तमञ्जन र चस्मा वितरण गरेका थिए। जनस्वास्थ्य प्रवर्द्धनका यस्ता प्रयासले स्थानीय तहमा सकारात्मक प्रभाव पारेको छ।

स्वास्थ्य सेवाका अतिरिक्त यी सामाजिक संस्थाहरूले डिजिटल शिक्षाको प्रवर्द्धनका लागि थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालय, टौखेलका विद्यार्थीहरूलाई आठ थान कम्प्युटर हस्तान्तरण गरेका छन्।  स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा गरिएको यो सहयोगको स्थानीय स्तरमा व्यापक प्रशंसा भएको छ।

यसैगरी, वातावरणीय सन्तुलन र हरियाली प्रवद्र्धन गर्ने वातावरणमैत्री नीति अनुरूप सोही अवसरमा थाहा नगरपालिका–१२ को खाली जमिनमा ४०० थान विभिन्न प्रजातिका बिरुवाहरू समेत रोपिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?