करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै

सारांश

  • ललितपुर ।
  • चलचित्र नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् ।
  • उनले उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक भएको छ ।

ललितपुर । चलचित्र नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् । उनले उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक भएको छ ।करिश्माको जन्मस्थान पनि सोही क्षेत्रमा पर्दछ । उनको किटिनी स्कुल नजिकै टौखेलमा आकर्षक घर छ । त्यहाँ पति बिनोद मानन्धरसँग पुगिरहन्छिन् । किटिनी उच्च माविमा अध्ययन गर्ने भएपछि करिश्मा अधिकांश समय गोदावरीमा बस्ने भएकी छिन् । त्यस भेगमा उनलाई करिश्मा केसी भनी चिन्दछन् । विवाहपछि मात्र करिश्माले मानन्धर लेखेकी हुन् ।यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने धोको राखेकी छिन् ।

राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने तयारी गरेकी छिन् । किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका छन् । कतिपयले युट्युव चलाउनेको भीड लाग्ने भन्न थालेका छन् ।करिश्मा कलेज जान थालेको किटिनी कलेज गोदावरी नगरपालिकाभित्र पर्दछ । गोदावरी भिलेज रिसोर्टसँगैको कलेज ५० वर्षभन्दा पुरानो स्कुलको स्तरोन्नति गरेर स्थापना गरिएको हो । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?