२ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएपछि…
सारांश
- भरतपुर, १५ साउन।
- सोमबार बिहान एक साढे २ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएको छ ।
- करिब २ घण्टाको परिश्रमपछि उनको टाउको निकाल्न सकिएको छ ।
भरतपुर, १५ साउन। सोमबार बिहान एक साढे २ वर्षका बालकको टाउको खेल्दाखेल्दै गाग्रीमा अड्किएको छ । करिब २ घण्टाको परिश्रमपछि उनको टाउको निकाल्न सकिएको छ । राजस्थानको भरतपुरनजिकै नगला गाउँमा यस्तो घटना भएको हो । किसान लालचंदका छोरा पीयुष घरमा खेलिरहेका थिए । उनकी आमा र परिवारका अन्य सदस्य घरमै अन्य काममा व्यस्त थिए ।
त्यही बेला अचानक उनको टाउको पानी भर्ने गाग्रीमा फस्यो । यस्तोमा बालक अचानक डराए र जोडले रुन थाले । परिवारले आवाज सुनेर त्यहाँ पुग्दा छोराको अवस्था देखेर उनीहरुको पनि सातोपुत्लो उड्यो । घटना बिहान करिब ७ बजेको थियो । यसपछि गाउँमै गाग्री निकाल्ने प्रयास गरियो । तर बालकलाई चोट लाग्ने डरले डेढ घण्टा प्रयास गर्दा पनि गाग्री निकाल्न सकिएन । त्यसपछि उनलाई अस्पताल लगियो । अस्पतालमा डाक्टर र नर्सिंङ स्टाफले पनि नसक्ने बताए ।
त्यसपछि करिब ९ बजेतिर परिवारसमेत सयौं संख्यामा गाउँलेहरु भाँडाको पसलमा गए । जहाँ भाँडा बनाउने ५ जना कारीगढले गाग्री काटेर बालकको टाउको निकाले ।
प्रतिक्रिया