पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
४२ पटक हेरिएको
Shares
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो

सारांश

  • एजेन्सी, १८ असार ।
  • पाकिस्तान प्रधानमन्त्री इमरान खानले संसदमा बोल्दै भारतले स्टक एक्सचेन्जमा हमला गराएको आरोप लगाएका छन् ।
  • दक्षिणी कराँचीमा गत सोमबार स्टक एक्चेन्ज भवनमा भएको हमला भारतले गराएको भन्दै प्रधानमन्त्री खानले आफ्नो संसदमा जानकारी दिएका हुन् ।

एजेन्सी, १८ असार । पाकिस्तान प्रधानमन्त्री इमरान खानले संसदमा बोल्दै भारतले स्टक एक्सचेन्जमा हमला गराएको आरोप लगाएका छन् । दक्षिणी कराँचीमा गत सोमबार स्टक एक्चेन्ज भवनमा भएको हमला भारतले गराएको भन्दै प्रधानमन्त्री खानले आफ्नो संसदमा जानकारी दिएका हुन् । घटनामा चार जना बन्दूकधारीले सोमबार स्टक एक्सचेन्जमा गरेको हमलामा दूई सुरक्षा कर्मी र एक प्रहरीको ज्यान गएको थियो ।

खानले मंगलबार संसद बैठकमा उक्त घटना बारे भारतमाथि सिधै आरोप लगाउनुलाई अर्थपूर्ण मानिएको छ । उक्त घटनामा भारतको संलग्नता रहेको आफू विस्वश्त रहेको आरोप लगाएका हुन् । भारतले भने उक्त घटनालाई आफूले नगरेको भन्दै अस्वीकार गरिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री संसदमा आफ्नो सांसदहरुलाई इन्टेलिजेन्सको आधार आफूले उक्त विषय व्यक्त गरेको जनाएका छन् ।

आगामी दिनमा भारतद्वारा यस्ता प्रकारका घटना पुनः दाहोरिन सक्ने भन्दै आफ्नो सांसदहरुलाई सचेत हुन खानले आग्रह गरेका छन् । खानले भारतमा घटेको सन् २००८ मा मुम्बई हमला जस्तै प्रकारको गतिविधि भारले गराउने खोजेको आरोप लगाएका छन् ।

पाकिस्तानी आर्मीले उक्त घटनामा चालेको कदम ठूलो जीत प्राप्त गरेकोमा धन्यबाद समेत दिएका छन् । बलुचिस्तानमा रहेको पृथकतावादीले भने ट्विटरमार्फत उक्त घटनाको जिम्मेबारी लिएको जनाइएको छ । जसलाई पाकिस्तानले सन् २००६ देखि पाकिस्तान प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।

पाकिस्तानी खुफिया एजेन्सीले इस्लामाबाद लगायत अन्य क्षेत्रमा चार ठूलो आक्रमण हुन सक्ने संकेत दिएको छ । बिखण्डनकारीलाई निरन्तर भारतले सहयोग गरिरहेको ओरोप खानले लगाइरहेका छन् । सन् २०१८ मा बलुचिस्तानमा रहेको चिनियाँ कन्सुलेटमा भएको आक्रमण जिम्मा समेत पृथकतावादीले लिएको थियो । बलुचिस्तानमा बेल्ट एण्ड राडे इनिसिएटिभको थूप्रै लिंक रहेको जनाइएकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत
पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने
मन्त्रीलाई महिलाको उमेरले दियो टेन्सन!
मन्त्रीलाई महिलाको उमेरले दियो टेन्सन!
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?