केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
सारांश
- काठमाडौं, पुस २७ ।
- डा.
- गोविन्द केसीका समर्थकहरुले नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की दिएका छन् ।
काठमाडौं, पुस २७ । डा. गोविन्द केसीका समर्थकहरुले नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की दिएका छन् । अब बन्ने गठबन्धनको नयाँ सरकारको नेतृत्व ओलीले लिने लगभग पक्कापक्की जस्तै छ ।
केसीविरुद्ध ओलीले अभिव्यक्ति दिएको भन्दै उनका समर्थकहरुले अबको निसाना ओली हुने बताएका हुन । केसीको मुद्दामा समर्थन जनाउँदै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सलले माइतीघरमा प्रदर्शन गरिरहेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘अबको मिसन ओलीविरुद्ध हुनेछ किनकि उनले केसीविरुद्ध अभिव्यक्ति दिएका छन् ।’
ओलीले माफियाको संरक्षण गरिरहेको बताउँदै अर्यालले भने, ‘ओलीको २०२८ सालदेखिको ट्र्याक रेकर्ड हामीसँग छ । यिनले माफिया संरक्षण गरिरहेका छन् ।’
शिखरन्यूजको विशेष अन्तर्वार्ता पढ्नुहोस् ।
https://www.youtube.com/watch?v=f9wOJM9j0JA
प्रतिक्रिया