बन्दीपुरमा पनि अब केवल कार, शेयर खुला
सारांश
- तनहुँ – अबको डेढ वर्षपछि पर्यटीय स्थल बन्दीपुरमा पनि केवल कार शुरु हुने भएको छ ।
- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले बन्दीपुर केवलकारको शिलान्यास गरेका छन् ।
- ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६ सय मिटरको सीधा रोपवे केबलकार परियोजनाको मुख्यमन्त्री गरुङले शिलान्यास गर्दै पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा बताए ।
तनहुँ – अबको डेढ वर्षपछि पर्यटीय स्थल बन्दीपुरमा पनि केवल कार शुरु हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले बन्दीपुर केवलकारको शिलान्यास गरेका छन् ।
ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६ सय मिटरको सीधा रोपवे केबलकार परियोजनाको मुख्यमन्त्री गरुङले शिलान्यास गर्दै पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा बताए ।
प्रदेशका १४ प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई पाँच वर्षभित्र शून्यमा झार्ने लक्ष्य रहेको सुनाए । ५६ करोड रुपियाँको लागतमा निर्माण गरिने उक्त केबलकार १५ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । केबलकार निर्माणका लागि लाग्ने कुल रकममा रु ११ करोड २० लाख बन्दीपुरेका लागि शेयर खुला गरिएको बताइएको छ ।
प्रतिक्रिया