यसकारण खानोस् घिउकुमारी
सारांश
- घिउकुमारी एक पोथ्रा वर्गमा पर्ने वनस्पति हो।
- छालाको सुरक्षादेखि कपालको सौन्दर्य, घाउ भर्ने, आखा, कान,छालाका रोगहरुमा यसले काम गर्ने गर्दछ।
- घिउकुमारीको जुस नियमित पिउने मानिसको रोगप्रतिरक्षा प्रणाली पनि मजवुत हुने गर्दछ।
घिउकुमारी एक पोथ्रा वर्गमा पर्ने वनस्पति हो। छालाको सुरक्षादेखि कपालको सौन्दर्य, घाउ भर्ने, आखा, कान,छालाका रोगहरुमा यसले काम गर्ने गर्दछ। घिउकुमारीको जुस नियमित पिउने मानिसको रोगप्रतिरक्षा प्रणाली पनि मजवुत हुने गर्दछ। आयुर्वेदमा यसलाई ग्वारपाठा, घी कुवारा, स्थुलदला, कुमारी आदि नाम दिइएको छ।
मर्केको, चोटपटक लागेको र सुन्निए घिउकुमारीको गुदीमा वेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि निको हुन्छ। घिउकुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले कब्जियतको समस्या कम हुन्छ। टाउको दुखे घिउकुमारीको लेदो मनतातो पारेर कन्चटमा लगाउनाले टाउको दुखेको कम हुन्छ। जवान–तन्दुरुस्त राख्न २ चम्चा घिउकुमारीको गुदी बिहान–बेलुका खाने गर्नाले कुनै रोगले छुँदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सधैँ शक्ति प्रदान गरिरहन्छ।
वायुगोला–गानो गए १ चम्चा घिउकुमारीको गुदीमा १ चम्चा शुद्ध बेसार, १ चिम्टी सिरे नुन सँग फिटेर तातो पानीसँग खाली पेटमा केही दिनसम्म खाएमा ठीक हुन्छ। बिहान बेलुका १–१ चम्चा घिउकुमारी सेवन गर्ने गरेमा आँखा र शरीर पहेँलो भएको ह्रट्दै जान्छ र निको हुन्छ।
प्रतिक्रिया