खेलाडिहरुको समर्थन महासचिव ईश्वर पोखरेललाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
खेलाडिहरुको समर्थन महासचिव ईश्वर पोखरेललाई

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् ।
  • वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं.

काठमाडौं । राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् । वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार रहनुभएका महासचिव पोखरेललाई खेलाडीहरुले आफुहरुको समर्थन हुने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठ र स्ट्राइकर हरि खड्कासहित धापासीस्थित उहाँको निवासमा पुगेका खेलाडीहरुले यस निर्वाचनमा महासचिव पोखरेलले जित्नै पर्ने भन्दै शुभकामना दिएका थिए ।
‘तपाई जस्तो वौद्धिक र देशकै नेतृत्व गर्ने सक्ने खुवी भएको नेताले यसपाली निर्वाचन जित्नु पर्छ भनेर हामीहरु तपाईलाई शुभकामना दिन घरमै आएका हौं’, फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठले महासचिवसँगको भेटमा भनेको उहाँलाई उद्धृत गर्दै निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले वताउनुभयो ।
भेटमा खेलाडीहरुले महासचिव पोखरेललाई निर्वाचनमा विजय भएर खेलकुदको विकासमा लाग्नुपर्ने सुझाव दिएका थिए । ‘तपाई निर्वाचित भएपछि खेलकुदको विकास र खेलाडीहरुको हितमा काम गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं’– भन्दैं स्ट्राइकर हरि खड्काले सुझावका क्रममा बताउनुभएको थियो । उहाँहरु सवै महासचिव उम्मेदवार रहेको निर्वाचन क्षेत्र ५ अन्तर्गतको काठमाडौं महाननगरपालिका वडा नं. ५ टंगालका मतदाता हुनुहुन्छ । टंगालका व्यवसायी र स्थानीय अगुवासहित उहाँले महासचिवलाई भेट्नुभएको हो ।

महासचिव पोखरेलले खेलाडी राष्ट्रको एकतालाई जोड्ने माध्यम भएको भन्दैं खेलकुदको विकासमा आफु सदैंव लाग्ने बताउनुभयो । उहाँले खेलक्षेत्रको विकासका निम्ती आफुलाई ठोस प्रस्ताव सहित निरन्तर सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो । महासचिवसँगको भेटपछि उत्साहित भएका खेलाडीहरुले उहाँलाई जिताउन एकतावद्ध भएर लाग्ने बताएका थिए । निर्वाचनमा महासचिवको विजयका निम्ती राष्ट्रीय कलाकारहरुदेखि चिकित्सकसम्मले अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rabi Prakash Malla

    Gundaa ko saath gundaa lai.

    Comment Author

    Rabi Prakash Malla

    Tanki ma lukaayako paisa ali ali baadera khaane sallaha holaani.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
बालकृष्ण ढुंगेल भेट्न पुगेका बाबुरामले लेखे यस्तो ‘स्ट्याटस’
बालकृष्ण ढुंगेल भेट्न पुगेका बाबुरामले लेखे यस्तो ‘स्ट्याटस’
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
आज नेपाल फर्किदै पूर्वराजा ज्ञानेन्द्रः किन बसे दुई हप्तासम्म भारत ?
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।

तपाईंले छुटाउनुभयो कि?