अाफैले गरेको निर्णय उल्टाउदै वर्षमान पुन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ जेठ ।
  • उर्जा तथा सिंचाई मन्त्रालयले गत साताको मंगलवार सार्वजनिक गरेको स्वेतपत्रमा बुढिगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय उल्टाउदै टेण्डर प्रक्रियामा जाने उल्लेख छ ।
  • स्वेतपत्र सार्वजनिक गर्दै मन्त्री पुनले चिनियाँ कम्पनीलाई दिइसकिएको उक्त आयोजना सरकारले किन टेण्डर आह्वान गर्ने भन्ने प्रष्ट पार्न चाहेनन् ।

काठमाडौं, १ जेठ । उर्जा तथा सिंचाई मन्त्रालयले गत साताको मंगलवार सार्वजनिक गरेको स्वेतपत्रमा बुढिगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय उल्टाउदै टेण्डर प्रक्रियामा जाने उल्लेख छ ।

स्वेतपत्र सार्वजनिक गर्दै मन्त्री पुनले चिनियाँ कम्पनीलाई दिइसकिएको उक्त आयोजना सरकारले किन टेण्डर आह्वान गर्ने भन्ने प्रष्ट पार्न चाहेनन् । उनले भने, ‘तपाईहरु अब आफै कुरा बुझ्नुस्, सरकारले टेण्डर आह्वान गर्छ । अहिले यत्ति मात्रै भन्न चाहन्छु ।’ आम जनताले चीनसँगको सम्बन्ध थप विकास गर्नुपर्ने आवाज उठाइरहेको बेला उर्जा मन्त्री पुन भने लाभकै लागि चीनसँगको सम्बन्धलाई दाऊमा लगाएर बुढिगण्डकी आयोजना गेजुवाबाट खोस्ने निर्णयमा पुगेका छन् ।

यसअघि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बहुचर्चित बुढिगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्युरमेन्ट, कन्ट्रयाक्ट एण्ड फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिने निर्णय गरिसकेको थियो । आफ्नै पार्टीको निर्णयविरुद्ध तथा दुई देशबीचको सम्बन्धमा समेत दरार आउने गरी बुढिगण्डकी चिनियाँ कम्पनीको हातबाट खोसेपछि नेपाल–चीनबीचको सम्बन्धमा समेत असर पर्ने आंकलन कुटनीतिक वृत्तमा चलेको छ ।

त्यसो त उर्जा मन्त्रीको अपरिपक्व व्यवहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पनि देखियो दृष्टि साप्ताहिकमा खबर छ । विदेशी विशिष्ट पाहुना आएको समयमा नेपालभित्रका पार्टीहरुका बीचमा एकता नरहेको सन्देश प्रवाह हुने गरी अरुण तेस्रो आयोजना शिलान्यासमा अनुपस्थित रहेको थिए । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा शिलान्यास गरेको अरुण तेस्रो आयोजनालाई लिएर असन्तोष जनाउनुपर्ने कारण देखिन्न ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
लाखौँ कमाउन मृत्युलाई जित्छन् यार्सा टिप्नेहरु
लाखौँ कमाउन मृत्युलाई जित्छन् यार्सा टिप्नेहरु
टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने तयारी
पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था हटाउने तयारी
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
चुनावको ‘थ्रेट’ विप्लव माओवादी ! के गर्ला सरकारले ?
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच

तपाईंले छुटाउनुभयो कि?