विराटनगर महानगरको प्रमुख पदमा कोइरालाको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
१५ पटक हेरिएको
Shares
विराटनगर महानगरको प्रमुख पदमा कोइरालाको अग्रता कायमै

सारांश

  • विराटनगर।
  • विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ।
  • मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरेकाे सूचनाअनुसार १८ हजार ६४ मतगणना गर्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले पाँच हजार ६९३, नेकपा (एमाले)का सागर थापाले चार हजार ८३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ९७४ मत प्राप्त गरेका छन्।

विराटनगर। विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरेकाे सूचनाअनुसार १८ हजार ६४ मतगणना गर्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले पाँच हजार ६९३, नेकपा (एमाले)का सागर थापाले चार हजार ८३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ९७४ मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले चार हजार ६८७, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले तीन हजार ३६३, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले एक हजार २२४ मत प्राप्त गरेकी छन्।

यस्तै विराटनगर–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। विराटनगर–१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी भए। अहिले महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १३, १४, १५ वडाको मतगणना भइरहेको छ। महानगरमा १९ वडा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?