महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०८०
|
|
६० पटक हेरिएको
Shares
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी

सारांश

  • काठमाडौँ ।
  • नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।
  • मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध
पीपीएल क्रिकेटः विराटनगरमाथी विनाेदकाे अाक्रमण, पाेखरा ५८ रनले विजयी !
पीपीएल क्रिकेटः विराटनगरमाथी विनाेदकाे अाक्रमण, पाेखरा ५८ रनले विजयी !
आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै
आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै
विश्व खतरामा, भयावह स्थिति आउन सक्ने वैज्ञानिकहरुको चेतावनी
विश्व खतरामा, भयावह स्थिति आउन सक्ने वैज्ञानिकहरुको चेतावनी
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
विभाजनको सँघारमा एकीकृत समाजवादी
विभाजनको सँघारमा एकीकृत समाजवादी
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
रत्नजित तामाङ क्वार्टरफाइनलमा
रत्नजित तामाङ क्वार्टरफाइनलमा
काभ्रेमा सैनिकले ‘ढोका थुनेर महिलाको हात बाँधेर बलात्कार प्रयास गरेपछि…
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !
भार्इ तैले मलार्इ मार्छु भन्थीस नि तर म अाफै मर्दैछु अब त खुशी हाेलास नी !