गजल : पल्लो घरे साइँलो…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २१, २०७३
|
|
८५४ पटक हेरिएको
Shares
गजल : पल्लो घरे साइँलो…

सारांश

  • पल्लो घरे साइँलो पनि खाडी आएछ !
  • त्यो गाउँ त्यो देश घरपरिवार छाडी आएछ !
  • !

पल्लो घरे साइँलो पनि खाडी आएछ !
त्यो गाउँ त्यो देश घरपरिवार छाडी आएछ !!

तीन जोर लुगासँगै ठुलो सपना बोकेर,
बालबच्चा आफन्तसँग टाढी आएछ !

प्रदेशमा पैसा फल्छ भन्ने सुन्यो क्यारे,
हल गोरु बेचेर ऋण काढी आएछ !

गाउँमा बाँकी एकमात्र युवा थियो उ,
शुन्य पारी उ नि गाउँ उजाडी आएछ !

विदेशिन्न स्वदेशमै केही गर्छु भन्थ्यो,
आज उही पुरानो गफाडी आएछ !

मुस्कुराको सुन्दर त्यो बस्ती बगायो रे,
गाउँमै पनि हिजो भर्खर बाढी आएछ !

गाउँकै आशा भरोसा उसमै थियो सबको,
विनाशकारी विपत् आउनु अगाडि आएछ !
– मोहन अभिलाषी !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?