बुद्ध बेच्न हिडेकाहरु…

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बुद्ध बेच्न हिडेकाहरु…

सारांश

  • काठमाडौं २६ वैशाख- बुद्धको मूर्ति बेच्न हिँडेका नुवाकोटका तीनजनालाई प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ ।
  • काठमाडांैको चन्द्रागिरि नगरपालिका नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा चार किलो बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
  • नुवाकोट विदुर ९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बेच्न लैजाँदै गर्दा बुद्धको मूर्ति बरामद गरेको थियो ।

काठमाडौं २६ वैशाख- बुद्धको मूर्ति बेच्न हिँडेका नुवाकोटका तीनजनालाई प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ ।

काठमाडांैको चन्द्रागिरि नगरपालिका नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा चार किलो बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

नुवाकोट विदुर ९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बेच्न लैजाँदै गर्दा बुद्धको मूर्ति बरामद गरेको थियो । अनुसन्धानको क्रममा मूर्ति बेच्न संलग्न एकै ठाउँका २२ वर्षीय सञ्जय तामाङ, २१ वर्षीय धनसिङ तामाङलाई पक्रेर नुवाकोट प्रहरीलाई बुझाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?