साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
सारांश
- काठमाडौँ, २७ भदौ ।
- बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बुधबार नेपाल र माल्दिव्स भिड्दैछन् ।
- खेल बंगबन्धु रंगशालामा दिउसो पौने चार बजेबाट सुरु हुनेछ ।
काठमाडौँ, २७ भदौ । बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बुधबार नेपाल र माल्दिव्स भिड्दैछन् । खेल बंगबन्धु रंगशालामा दिउसो पौने चार बजेबाट सुरु हुनेछ ।
साफ च्याम्पियनसिपमा यो नेपाल र माल्दिव्सको सातौँ भेट हुनेछ । पछिल्ला ६ खेलमा नेपालले एक खेलको नतिजा पनि आफ्नो पोल्टामा पार्न सकेको छैन । जम्मा ६ खेलमा माल्दिव्सले ४ खेल जितेको थियो भने दुई खेल बराबरीमा रोकिएको थिए । पछिल्लो पटक नेपाल र माल्दिव्स बिच २०११ को साफ च्याम्पियनसिपमा भेट भएको थियो । जुन खेल गोल रहित बराबरीमा रोकिएको थियो ।

साफ च्याम्पियनसिप सहित नेपाल अहिले सम्म माल्दिव्ससँग १५ पटक आमने सामने भएको छ जसमा ७ खेल माल्दिव्सले र ४ खेल नेपालले जितेको थियो । भने बाकीँ ४ खेल बराबरीमा रोकिएका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा पाकिस्तान र उपाधिको दावेदार भारत भिड्दैछन् । भारत र पाकिस्तान साफ च्याम्पियनसिपमा अहिले सम्म सात पटक भिडेका छन् । जसमा ५ खेल भारतले जितेको छ भने १ खेल पाकिस्तानले जितेको छ । बाँकी १ खेल बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया