प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य

सारांश

  • चितवन ।
  •  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएको छन् ।
  • पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए ।

चितवन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएको छन् । पत्रकारसँग कुराकानी गर्दै उनले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए ।

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उनले बाटो बिराएको वैद्यको भनाइ थियो । बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उनले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताए ।

उनले भने, ‘माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो ।’ प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उनले भने, ‘ग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र ।’ कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उनले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने उनले बताए ।

जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको उनले बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै उनले यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए ।

आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै वैद्यले सरकारको रबैयाले भावी बाटो कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुने बताए । अर्कोएक प्रश्नमा उनले अबको संघ र प्रदेशको निर्वाचनमा जाने नजाने भन्ने विषयमा छलफल भइरहेको बताउँदै केही दिनमा टुंगो लाग्ने बताए ।

वर्तमान सरकारले राष्ट्रियता, जनजीविकालगायतका समस्याको हल गर्न नसक्ने भन्दै उनले राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारबाट अपेक्षा गर्न नसकिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण
सेनाले बारा र पर्सामा निर्माण गरेका घर हस्तान्तरण
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु
निर्मला हत्याकाण्ड: मामानै भिलेन बनेपछि…
निर्मला हत्याकाण्ड: मामानै भिलेन बनेपछि…
बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह
बीआरआईसँग सम्बन्धित आयोजना छिटो अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई ओलीको आग्रह
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र
हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

तपाईंले छुटाउनुभयो कि?