बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा
सारांश
- झापा,२४ असार ।
- निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।
- समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा अाइतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।
झापा,२४ असार । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।
समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा अाइतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।
ससुराको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घरमा पुग्नुभएकी अमितालाई श्रीमान् तिलकसहित परिवारका सदस्यले गालीगलौज र दबाबसँगै हातपात गरी घरमा काजकिरिया गर्न वञ्चित गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् ।
हाल अमिता मेचीनगर–१० स्थित डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बसेकी छिन् ।
प्रतिक्रिया