गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३० पटक हेरिएको
Shares
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ)काे अध्यक्षमा सिम्खडा

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् ।
  • मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

काठमाडौँ, १६ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वाचित भएका छन् । यस्तै मञ्चको सदस्यमा क्रमशः जीवन थपलिया, देवीकृष्ण रोकाया, राममणि रिजाल र कुमार बानियाँ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ११ पदाधिकारी निर्वाचनबाट चुनिएका हुन् भने बाँकी तीन सदस्य मनोनित गरिनेछन् ।

निर्वाचनमा सिम्खडा र बासु पाण्डेको समूहले प्यानलसहित चुनावी प्रतिस्पर्धा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्खडाले व्यावसायिक एकताका साथ सहरकेन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु¥याउने बताउनुभयो । नमूना घरबास कार्यक्रम ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तर्राष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई अघि बढाइनुका साथै उत्कृष्ट होमस्टे गन्तव्यमा सरकारी कर्मचारीलाई ‘लिभ होलिडे’ को व्यवस्था मिलाउन पहल गर्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप
राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित
बारा ३ बाट एमालेकी ज्वाला साह निर्वाचित
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने

तपाईंले छुटाउनुभयो कि?