दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि

सारांश

  • काठमाडौं।
  • भारतको दिल्लीको विभानसभाको मतगणना सुरु भएको छ ।
  • प्रारम्भिक रुझानमा आम आदमी पार्टी दुई तिहाइ बहुमत ल्याउनेगरी अगाडि छ ।

काठमाडौं। भारतको दिल्लीको विभानसभाको मतगणना सुरु भएको छ । प्रारम्भिक रुझानमा आम आदमी पार्टी दुई तिहाइ बहुमत ल्याउनेगरी अगाडि छ । यसले यसपटक पनि अरविन्द केजरीवाल नै मुख्यमन्त्री बन्ने देखाएको छ ।

कूल ७० सिट भएको दिल्ली विभानभामा आम आदमी पार्टी ५३ सिटमा अगाडि छ । भारतीय जनता पार्टी १५ सिटमा अगाडि छ र एउटा सिटमा मात्र कांग्रेस अगाडि छ । एउटा सिटको गणना सुरु हुन बाँकी नै छ ।

आम आदमी पार्टी दुई तिहाइसहित अगाडि भए पनि यो रुझानमा उसलाई घाटा लागेको छ । अघिल्लो निर्वाचनमा आम आदमी पार्टीले कूल ७० सिटमध्ये ६७ सिट जितेको थियो र भाजपाले ३ सिट जितेको थियो । कांग्रेस शून्य थियो ।

अहिलेको रुझानमा आपलाई १३ सिट घाटा लागेको छ । भाजपालाई १२ सिट नाफा भएको छ भने कांग्रेसलाई १ सिट नाफा देखिएको छ । यद्यपि अन्तिम परिणाम आउँदासम्म भने यो रुझान उल्टिन पनि सक्छ ।

(mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?