सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ३०, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले संघीय संसद अन्तर्गतको महाभियोग सिफारिस समितिमा कामु प्रधानन्यायधीश उपस्थित हुन नमिल्ने बताएको छ।
  • बुधबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगिकार गरेका मान्यताहरु समेतको दृष्टिकोणले उचित नहुने बताएका छन् ।

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद अन्तर्गतको महाभियोग सिफारिस समितिमा कामु प्रधानन्यायधीश उपस्थित हुन नमिल्ने बताएको छ।

बुधबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगिकार गरेका मान्यताहरु समेतको दृष्टिकोणले उचित नहुने बताएका छन् ।

समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश र अन्य न्यायधीशलाई भदौ ३० गते बिहान साढे ८ बजे बैठकमा उपस्थित हुन पत्र पठाएको थियो।

तर, सर्वोच्चले सो कार्य संविधानसम्मत् उचित र शोभनीय नहुने भन्दै बैठकमा उपस्थित हुन नमिल्ने व्यहोरा महाभियोग सिफारिस समितिलाई पत्रमार्फत जानकारी गराइएको छ।

सर्वोच्चको बुधबार दिउँसो बसेको पूर्ण बैठकले सो निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?