गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)

सारांश

  • काठमाडौं, १८ असार ।
  • यस बर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ ।
  • गायक तथा संगीतकार जय देवकोटाको मार्मिक तीज गीत “दशा” सार्वजनिक भएको हो ।

काठमाडौं, १८ असार । यस बर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार जय देवकोटाको मार्मिक तीज गीत “दशा” सार्वजनिक भएको हो ।

गीतमा देवकोटा र गायिका शान्तिश्री परियारले आवाज दिएका छन् । गायत्री थापाको रचना रहेको सो गीतमा गायक देवकोटाकै लय रहेको छ । चर्चाको शिखरमा रहेकी गायिका शान्तिश्री र लोकगीतमा छुट्टै पहिचान बनाउन सफल गायक देवकोटाको यस गीतलाई दर्शकस्रोताले निकै मन पराउने देखिन्छ ।

गीतमा सुरवीर पन्डित, रमा थपलिया, गायत्री थापा, जय देवकोटा र बाल कलाकार आदर्श बानियाँको अभिनय छ । मदन खड्काको निर्देशनमा तयार भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका छन् । तरंग डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई कर्ण सन्ज्यालले रेकर्ड गरेका हुन् ।

हेर्नुहोस गीतको भिडियो

https://youtu.be/dHI0TJgAed8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?