बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ५, २०८१
|
|
१६ पटक हेरिएको
Shares
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो

सारांश

  • काठमाडौं।
  • गायक बिन्ती कुमार गुरुङ र गायिका शान्तिश्री परियारको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ।
  • गायक स्वयमकै शब्द, संगीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन्।

काठमाडौं। गायक बिन्ती कुमार गुरुङ र गायिका शान्तिश्री परियारको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ।

गायक स्वयमकै शब्द, संगीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन्।

अन्नपूर्ण हिमालको फेदीमा रहेको गुरुङ बस्तीमा जन्मिएर रोधीमा नाच्दै गाउँदै हुर्किएका गायक गुरुङ हाल अमेरिकामा छन्। अमेरिकामा रहेता पनि उनको तन-मन भने गाउँ घर, बस्ती र गाउँकै रोधीमा रमाइरहेको हुन्छ। अमेरिकामा नै रोधी घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायांकन गरेका हुन्।

भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो। जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाइ तथा दिदी बहिनीहरुको अभिनय देख्न सकिन्छ।

भिडियो गुरुङ समुदायमा प्रचलित रोधी संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरु मौलिक गुरुङ भेषभुषामा सजिएको देख्न सकिन्छ। सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायांकन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन् ।

गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?