गाेलि हानेर यसरी झुन्डाइयाे बलात्कारीलाइ
सारांश
- यमनबाट बलात्कारीलाई दिइएको कठोर सजायको एउटा समाचार आएको छ ।
- यमनमा एक बालकामाथि बलात्कारको मामिलामा दोषी ३ जनालाई दिइएको सजायले जोकसैको मुटु हल्लिन्छ ।
- यो सजाय थाहा पाउनेले बलात्कारसहितका अपराध गर्न हजार पटक सोच्न बाध्य हुन्छ ।
यमनबाट बलात्कारीलाई दिइएको कठोर सजायको एउटा समाचार आएको छ । यमनमा एक बालकामाथि बलात्कारको मामिलामा दोषी ३ जनालाई दिइएको सजायले जोकसैको मुटु हल्लिन्छ । यो सजाय थाहा पाउनेले बलात्कारसहितका अपराध गर्न हजार पटक सोच्न बाध्य हुन्छ ।
यमनमा यी दोषीहरुलाई कयौँ मानिसका अगाडि गोली हानेर झुन्डाइएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका यिनीहरुलाई पहिले गोली हानियो अनि एउटा क्रेनले झुन्डाइयो ।
क्रेनबाट झुन्डाएर एउटा सन्देश दिन खोजिएको हो । क्रेनबाट झुन्डाएर यस्तो घिन लाग्दो काम गर्नेलाई कस्तो सजाय हुँदो रहेछ भन्ने देखाउन खोजिएको हो । यो सजाय मानिसलाई अपराध गर्नुअघि डरले घर जमाओस भन्नका लागि दिइएको हो ।
गोली हान्नुअघि उनीहरुलाई एउटा कपडामा बस्न लगाइयो, त्यसपछि उनीहरुलाई गोली हानियो । अनि अपराधीहरुको मनमा भय पैदा गर्नका लागि उनीहरुलाई दिउँसै कयौँ मानिसका सामू झुन्डाइएको हो । अपराधमा लगाम कस्नका लागि यस्तो कोशिश विवादित त छ तर कयौँ मानिसहरु यसलाई पनि न्यायको एउटा रुप मान्छन् । यमनको राजधानी सनाको बीच चौरमा दिइएको यो सजायले विश्वभर फेरि नयाँ बहस सुरु गरेको छ ।
यी तीनैजनामाथि १० वर्षका बालक मोसाद सलेह अल मोथानालाई पहिले बलात्कार अनि हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो । एजेन्सी

Hb Gurung
Nepal mapani astae garnupariyo