गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

सारांश

  • लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दीप प्रज्वलन गरिएको छ ।
  • गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले स्व कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज साँझ माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।
  • पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको शान्ति प्रक्रियामा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले स्व कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज साँझ माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको शान्ति प्रक्रियामा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “स्व कोइराला नेपाली काङ्ग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो ।

उहाँले लोकतन्त्रका सम्बन्धमा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभयो । नेपाली काँग्रेसलाई उच्च स्थानमा पु¥याउन गिरीजाबाबुको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । नेता सिटौलाले कोइराला सहमति, सहकार्य र एकतामा जोड दिने बताउँदै वर्तमान सरकारले पनि सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले निरकुंश राजतन्त्र र माओवादीलाई मिलाउन गिरीजाबाबुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “मुलुकमा अहिले गिरीजाबाबुजस्ता राजनेताको अभाव खड्कीएको छ,”–उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?