गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)

सारांश

  • काठमाडौं, २८ पुस , गीतकार भावेश भुमरीको गीति एल्बममा रहेको लोकप्रिय गीत “तिमी छैनौ र मलाई…” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • राधाकृष्ण आचार्यले निर्देशन गरेको यस गीतको भिडियोमा बुद्धिकुमार श्रेष्ठ र एलिना रायमाझीले अभिनय गरेका छन् ।
  • नेपाली गीत लेखनमा छुट्टै पहिचान बनाएका गीतकार भावेश भुमरीले केही वर्ष पहिले बजारमा ल्याएको “भूमिका” एल्बममा रहेको यस गीतमा सन्तोष श्रेष्ठको सङ्गीत र कृष्णभक्त राईकोे स्वर रहेको छ ।

काठमाडौं, २८ पुस , गीतकार भावेश भुमरीको गीति एल्बममा रहेको लोकप्रिय गीत “तिमी छैनौ र मलाई…” को म्युजिक भिडियो सार्वजनिक भएको छ । राधाकृष्ण आचार्यले निर्देशन गरेको यस गीतको भिडियोमा बुद्धिकुमार श्रेष्ठ र एलिना रायमाझीले अभिनय गरेका छन् ।
नेपाली गीत लेखनमा छुट्टै पहिचान बनाएका गीतकार भावेश भुमरीले केही वर्ष पहिले बजारमा ल्याएको “भूमिका” एल्बममा रहेको यस गीतमा सन्तोष श्रेष्ठको सङ्गीत र कृष्णभक्त राईकोे स्वर रहेको छ । रीमा गुरुङ होडाको स्वरमा रहेको यसै गीतको भिडियो केही समयअगाडि सार्वजनिक भइसको छ भने कृष्णभक्त राईकोे स्वर रहेको यस गीतलाई स्रोताहरूले धेरै नै मन पराउँदै आएका छन् ।

लोकप्रियता हासिल गर्दै आएको यस गीतको म्युजिक भिडियो भने बनेको थिएन । यस गीतको म्युजिक भिडियो बनाउन कलाकार बुद्धिकुमार श्रेष्ठको निकै ठूलो भूमिका निभाएका छन् । यस गीतमा स्वयम् बुद्धि र एलिनाले अत्यन्त राम्रो अभिनय गरेका छन् । राधाकृष्ण आचार्यले सशक्त निर्देशन गरेको यस भिडियोमा क्यामरा भने रेशम दर्लामीले चलाएका छन् । यस गीतको भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका छन् । अडियो एल्बम भूमिकाको बजार व्यवस्थापन गरेको गीतकार भुमरीकै म्युजिक कम्पनी सुरप्रभा गीत सङ्गीत प्रालिको युटुब च्यानलबाटै यस भिडियोलाई बजारमा ल्याइएको छ ।

म्युजिक भिडियो|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
सिंहदरबार प्रवेशमा एकद्वार प्रणाली
सिंहदरबार प्रवेशमा एकद्वार प्रणाली
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ
राष्ट्रियसभामा गृहमन्त्रीले भने, निर्मला प्रकरणको सत्यतथ्य छिट्टै आउँछ
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
विवादका कारण रोकिएको मतदान शुरु
विवादका कारण रोकिएको मतदान शुरु
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
बाजुरामा भूकम्पको धक्का महसुस
बाजुरामा भूकम्पको धक्का महसुस

तपाईंले छुटाउनुभयो कि?