सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं १३ पुस ।
  • राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ ।
  • उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौं १३ पुस । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ ।

उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न भनेको हो ।

सर्वोच्चको यो आदेशपछि सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) फुकुवा भएको छ । उद्योगको खातामा रहेको रकम उसको आवश्यकता र समयतालिका बमोजिम माग गरेका बखत भुक्तानी दिनू, दिलाउनु र सोसम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नु नगराउनू’ आदेशमा भनिएको छ ।  कान्तिपुरबाट

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?